मेलोडी स्टार कम्पीटीसनको उपाधि संखुवा सभा जिल्लाकी जेनी श्रेष्ठले जितिन

          हरि कुमार श्रेष्ठ 

  काठमाण्डौको पेप्सीकोला स्थित स्टार बैंकेटमा  २०७८ साल  असोज १६ सनिबार आयोजना भएको LIFE OK MELODY STAR SINGING COMPETION को फिनालीमा संखुवा सभा जिल्ला हाल किर्तिपुर ,पाँगा हेखाली टोल निवासी गायिका जेनी श्रेष्ठले प्रथम पुरुस्कार  नगद पचास हजार ,शिल्ड जित्न सफल भएकी छिन। इलामका बिशेन तामाङ दोस्रो, झापाका श्याम दनुवार तेस्रो र मोरङका चित्र मगर चौथो भएका छन् । प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कार सहित दुई वटा म्युजिक भिडियो र गीत गर्न पाउनेछिन् । यसै गरी दोस्रो हुनेले ३० हजार नगद सहित एउटा म्युजिक भिडियो र गीत गर्न पाउनेछ तेस्रो हुनेले ३० हजार नगद सहित एउटा गीत गाउन पाउने भएका छन् ।                                                                                                                                                                                                                    संखुवा सभा जिल्ला खाँदबारी नगरपालिका १ खाँदबारी बुध्द टोल निवासी राज कुमार श्रेष्ठ ,रुपा श्रेष्ठको जेठी छोरी जेनी सानै उमेर देखि गायनमा लगनसिल थिइन्। घरमा सांगीतिक माहोल भएको कारण बिद्यार्थी जीवनमा हाइ स्कुल ,कलेजमा अध्ययनरत रहदा गित गायर प्रमाणपत्र ,पुरुस्कार पनि हात पर्न सफल भएको छ। पहिलो पल्ट बाबु ,छोरी गायक राज कुमार श्रेष्ठ र जेनी श्रेष्ठले २०६० सालमा गित रेकडिङ्ग भै रेडियो ,एफ एमबाट प्रसारण भएको थियो वैवाहिक जीवनमा बाधिए पछि जेनी सांगीतिक माहोल हराएको थियो। जेनी आफ्नो परिवार श्रीमान् ,एक छोरा ,एक छोरी साथमा छ। छोरा /छोरी हुर्की सकेकोले फेरि जेनीको सांगीतिक महोला  यात्रा सुरु भयो ।

         नेपालबाट संचालन हुने विभिन्न अन लाइन रियालिटी प्रतिस्पर्दा सहभागी रहदै आफ्नो प्रतिभालाइ प्रस्तुत गरि रहिन जसको बाबजुत आफ्नो मेहनत ,लगनसिल निर्णायकहरुको सुझाब सल्लाहबाट पाएको मर्गनिर्देसनलाइ मनन गरि आफ्नो सफलता हासिल गर्न पहिलो खुड्किला सफल भएकी छिन ।
२०७८ सालमा भिजियोल रेकडिङ्ग भएको ” परदेश बाट मा फर्की आए ” पूस्कार सुनुवार संग गायनको गित अति लोक प्रिय भएको छ। यो गित .youtube.काम गएर Pardesh Bat Ma Farki aay By Pushkar Sunuwar & Jenny Shrestha Maharjan 2021 सुन्न सकिन्छ |
LIFE OK MELODY STAR SINGING COMPETION को फाईनलमा संखुवासभाको चेली जेनी श्रेष्ठलाई जिताउन भोट माग्न गोवा फौण्डेसन संखुवा सभा , गोवा परिवार अमेरिका ,क्यानडा ,अष्ट्रेलिया ,स्वदेश ,तथा बिदेशमा रहेक संखुवासभाली व्यक्तिहरुको सकृय रहनु भएको थियो।
संखुवासभाली चेली जेनी लाई विजय गराएर जिल्लाको नाम प्रतिष्ठा विश्वभर चिनाउन सफल भएको छ।

फोटो सौजन्य : -ई. लैला श्रेष्ठ