मस्तिष्कघात बिमारीलाई संखुवासभा समाज अमेरिकाबाट सहयोग


संखुवासभा भोटखोला गाउपालिका २ च्याम्ताङकी लडेर मस्तिष्कघात भएर काठमाडौमा उपचार गराई रहेकी र आर्थिक अवस्था कम्जोर भएकी ४७ बर्षिय बिरामी फूपुलामु भोटेलाई कपन बालुवाखानीमा च्याम्ताङ्ग–काठमाडौं कल्याण समाजले आयोजना गरेको कार्यक्रममा बिमारीलाई संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको तर्फ निजि नेपाल भ्रमणमा रहनु भएको सस्थाका अध्यक्ष श्रीमती शान्ति श्रेष्ठबाट १ लाख १६ हजार सहयोग गर्नु भएको छ।  कार्यक्रममा नेपाल भ्रमणमा रहनु भएको सस्थाका उपाध्यक्ष मनोज कुमार श्रेष्ठ  सामाजिक अभियान्ता जीवनाथ खनाल संखुवासभा काठमाडौँ पत्रकार समाज अध्यक्ष शंखर खनाल साथै च्याम्ताङ्ग–काठमाडौं कल्याण समाज परिवारको उपस्थित रहनु भएको थियो।
मानवताको नाताले मस्तिष्कघात बिमारीलाई सहयोग गर्ने मनकारी दाता मुकेश श्रेष्ठ( वासिंगटन ) ,मनोज श्रेष्ठ(क्यालीफोर्निया ) ,शान्ति श्रेष्ठ ( कोलोराडो ) ,नोयनाथ पोखरेल( कोलोराडो ) , ई. अनिमेष श्रेष्ठ( कोलोराडो ), पदमा राज तामांग( कोलोराडो ) , ई. प्रमोद श्रेष्ठ( कोलोराडो ) , दिनेश श्रेष्ठ( कोलोराडो ) ,डा. शिशिर श्रेष्ठ( नेभडा)लाई धन्यबाद |