२०३७ साल बैशाख २० गते को जनमत संग्रहमा देखि बाहेक कहिले पनि भोट हालेको छैन मैले ।जनमतसंग्रह भन्ने शव्द २०३६/१/१० को राजा बिरेन्द्रको शाही सम्बोधन पछि सुन्न र बुझ्न् थाले।जनमतसंग्रह भन्ने कुरा सामान्य कुरा होईन ।प्रो. लिनडस ,बिलोभी, रोगार्स, गिन्सबर्ग, र ब्राइस को परिभाषालाई हेर्दा ” जनमतसंग्रह यस्तो बस्तु हो जस्को अस्तित्व सधै रहिरहन्छ , यो नागरिकको अदृश्य सभा हो ,यसको कार्यकाल सधै रहिरहन्छ , यो सामुहिक धारणा हो” भन्ने बुझिन्छ ।
जनताको जनमतको शक्तिलाई कसैले चुनौती दिन सक्दैन ।त्यसैले सरकारले हरेक संबेदनसिल निर्णय गर्दा जनता छ भनेर संझनु उपयुक्त हुन्छ ।हामी सरकारले के के गर्न सक्छ भनेर सोच्छौ तर जनताले के चाहिँ गर्न सक्दैन भनेर पनि सोच्ने गरौं ।जनतालाई बिगताको धेरै कुराले झस्काएकोछ ती सबै कुरा लेख्न यहाँ सम्भब छैन मोटामोठी यी कुरा मात्र सम्झाउनु उपयुक्त ठानेकोछु , यी कुरा कहिले बिर्सने छैनन् ।
१) नेताहरूको कारणले गर्दा संविधान सभाको चुनाव प्रधानन्यायाधीशको अध्यक्षतामा गठित मन्त्री परिसद्ले गर्नु पर्यो ।२) संविधान सभाको चुनाव गर्ने कि संसदको चुनाव गर्ने भन्ने विषयमा नेपाल र नेपालीको धेरै समय खर्च भयो ।३) हरेक ६/६ महिनामा सरकार फेर बदल गर्नु परेको थियो ।४) संसदहरु पैसामा बिक्रि भयो भनेर मिडिया ,एबम पत्र पत्रिले दिन रात लेख्न थाले ।५) संसदहरुलाई भन्सार छुटमा महङ्गो मोटर प्रदान गरियो ।६)त्यस्तो गाडी संसदहरुले ब्यापारीलाई बिक्री गरियो।७) आफ्नै पार्टीको सरकार ढाल्ने काम गरियो।८) सरकार टिकाउने नाममा संसदहरुलाई होटेलमा थुनेर सुरा सुन्दरीको ब्यबस्था गरियो।९) १२ बर्षको जनयुद्धमा १७००० निर्दोष नेपालीले ज्यान गुमाउनु पर्यो।
नेपाल र नेपाली जहाँको तहिछ।सङ्गै स्वतन्त्र भएको भारत र चिनलाई हेरेर लाजलाग्नु पर्ने सरकारमा बस्नेलाई दोस्रो बिश्व युद्धमा २ वोटा बम अमेरिकाले हिरोसिमा र नागासाकिमा हान्यो त्यस्मा जम्मा १.७ ग्राम यूरोनियम खर्च भएको कुरा कहि कतै पढेको जस्तो मलाइ लाग्छ नेपालमा त्यस्तो यूरोनियम खोज्ने हो भने हजारौं टन पाउन सकिन्छ भन्ने कुरा सुनेको छु।हामी सुन र हिराको सिंहासनमा बसेर भिख मागी रहेको छौ ।नेपाली जनता अझै चुप लागेर बसेको छ , चलाउने काम नगर्नु होला , उसले सुनामी चारैतिर ल्याउन सक्छ ।
संखुवासभा ,चैनपुर बजार