
हरि कुमार श्रेष्ठ
अरोरा ,कोलोराडो (अमेरिका)

म आफू सामाजिक क्षेत्रमा काम गर्न रुचि राख्ने व्यक्ति भएको हुनाले मलाई पनि समाजसेवा गर्ने व्यक्तित्वहरुलाई कदर गर्न र परिचित गराउन मन पराउँछु । अमेरिकाको बसाईको क्रममा समाजसेवामा लगनशिल कार्य गर्नु भएका व्यक्तिको रुपमा दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर —२, तिखातल, दोलखा स्थायी घर भई हाल अमेरिका स्थित लसएन्जल्स, क्यालिफोर्निया राज्यमा बस्दै आउनु भएका युवा उद्यमी तथा समाजसेवी विमल श्रेष्ठ हुन् ।

हाम्रो पारिवारिक नाता गासीएपछि हामीविच नजिक भएर परिचित हुने अवसर मैले पाएको छु । मैले हरेक अनलाईन र सोसल मिडियाहरुमा नेपाल र अमेरिकामा हरेक क्षेत्रमा असाहय ,बिरामी ,दैबीप्रकोप आपत विपतमा आफूले सक्ने आर्थिक सहयोग गर्दै आउनु भएका समाजसेवी व्यक्तित्वमा बिमल श्रेष्ठ पर्नु भएको कुरा मैले अध्ययन गरेको खबर र लेखहरुको माध्यमबाट जानकारी पाएको छु ।

फोटो :-” रक्तदान जीवन दान “ रक्तदान गर्नु हुदै बिमल श्रेष्ठ
बिमल श्रेष्ठ हाल नेवाः अर्गनाइजेसन अफ अमेरिका साउथर्न क्यालिफोर्नियाका अध्यक्ष र पशुपति नाथ तथा बुद्ध मन्दिर क्यालिफोर्निया पशुपति फाउण्डेसनको महासचिव जस्तो गरिमामय पदमा रही समाजसेवा कार्यमा निरन्तर लागि परि रहनु भएको छ ।
उनले अमेरिकाका अलवा आफनो जन्मभूमी दोलखाका गरिव, अशक्त, एकल महिला, जेहेन्दार बिद्यार्थीका साथै मुट रोग पिडित सजुन जोशीको उपचार खर्च स्वरुप आफनो व्यक्तिगत र मनकारी दाताहरुको सहयोग समेत संकलन गरी सहयोग गरेका थिए । दोलाखाका स्कूल, संघ संस्थालगायत आवश्यक पर्ने ठाउँका अनुरोध भएको खण्डमा सहयोग गर्ने उनको सामाजिक बानी रहेको छ ।

व्यक्ति भन्दा सँस्थालाई माथि उठाएर सेवा गर्नु पर्छ भन्ने निडर ईमान्दार लगनशिल एक आपसमा घुलमिल परिचित हुन र समाजको लागि निस्वार्थ भावनमा काम गर्न रुचाउने व्यक्तिको रुपमा समाजमा चिनाउन चाहने मिलनसार बिमल श्रेष्ठसंगै बसेर २०१२ सालको विश्वकप फुटबल फाइनल खेल हेर्दै मिठो नेवारी परिकारका साथै ताजा माछा भुटेर खुवाएका थिए । हामीलाई सन्डेगो लसएन्जल्स , हलिउड जिन्दगीमा कहिले नदेखेको नपुगेको समुन्द्र (प्रशान्त महासागर) सामुन्द्रिक बिचमा आफ्नो व्यस्त समयको बाबजुत पनि घुमाई दिनु भएको कुरा हामीले बिर्सेका छैनौँ ।
परिवारसंग फुर्सदको समयमा घुमघाम
अमेरिकाको व्यस्त देशमा समय निकालेर समाजसेवामा समय दिनु भनेको चानचुने कुरा होइन । जसको मन छ, भावना छ , जुन व्यक्तिले मानवीय कार्यमा नेपालमा होस् या अमेरिका जहाँ भए पनि नेपाली सामाजिक सँस्थाले गरेको हरेक कार्यमा उनको योगदान र सहयोग महत्वपूर्ण छ । साउथर्न क्यालिफोर्निया राज्यको आफ्नो व्यवसाय र बसोबास गरि अमेरिकाको हरेक राज्यमा सामाजिक क्षेत्रमा कार्य गर्न आर्थिक सहयोग माग्ने नेपाली संघ, सँस्थाहरुलाई सहयोग गर्न पछि भन्ने यक्तित्वको रुपमा बिमल श्रेष्ठ उदयमान भएकाछन् ।

नेपाली सामाजिक संघ सँस्थाहरुले आयोजना गरिएको हरेक कार्यक्रममा आफ्नो व्यस्ततालाई पनि वास्ता नगरी सहभागी भै सँस्थालाई अगाडि बढाउने कार्यमा महत्वपूर्ण योगदान गरेको सामाजिक संजालबाट जानकारी हामी सबैले पाएकाछौँ ।
अमेरिकाको विभिन्न राज्यमा बसोबास गरि बस्ने संखुवासभा जिल्लाबासीको सामाजिक सँस्था अमेरिकाको नियमानुसार दर्ता भएको संखुवासभा कम्युनिटी अफ युएसए 501(c)(3) हो । सँस्थाको महासचिवको हैसियतले उहाँले गर्नु भएको समाजसेवाको कदर गर्दै मैले हाम्रो सँस्थालाई पनि केहि आर्थिक सहयोग गरिदिनु प¥यो भनि फोन सम्पर्कमा अनुरोध गरे । सँस्थाले नेपाल र अमेरिकामा गरेको कार्यलाई हातमा हात मिलाएर एक थुकी सुकी सयौँ थुकी नदीको महानतालाई ध्यानमा राखी हाम्रो अनुरोधलाई स्वीकार गरि आर्थिक सहयोग गर्नु भएको थियो । सँस्थाले गर्ने सामाजिक कार्यमा मेरो व्यक्तिगत तर्फबाट सहयोग प्रतिबध्दता आउँदो दिनहरुमा पनि रहनेछ भन्ने आश्वासन पाउनु सामाजिक सँस्थाका लागि ठूलो कुरा हुनेछ । सँस्थालाई धेरै, थोरैको सहयोगको मतलब हुदैन । जसरी हुन्छ सँस्था चलाउन सेवा तथा सहयोग गर्न हामीले सँस्थाको लागि आर्थिक सहयोग माग्न सहयोगी मनकारी दाताहरुमा हात फिजाउनु नै पर्दछ । प्राप्त भएको आर्थिक सहयोगको हिसाब किताब सँस्थाबाट पारदर्शी हुनु जरुरी छ ।

श्री पशुपतिनाथ फाउण्डेशन, यूएसए कोभिड १९ राहत समितिले यस क्षेत्रका कोरोना भाइरस पिडित समुदाय सदस्यहरूमा राहत पु¥याउने उद्देश्यले फेसबुक मार्फत राहतकोष सङ्कलन कार्य शुरू गरेको थियो । आफू स्वस्थ्य एवं सुरक्षित रहौँ र अरूलाई पनि स्वस्थ्य रहन सहयोग गरौँ भन्ने नाराको साथ सहयोगी समाजसेवीहरुले गर्नु भएको कार्य महान छ ।
भविष्यमा परोपकार कार्य गरि रहदाँ दिनदुखीहरुको आत्माबाट पाएको आशिर्वादले भोलिका दिनहरुमा दान, धर्म र समाजसेवा कार्य गर्ने गराउने आत्माबल प्राप्त भै आत्माले शान्ति पाउने छ । बिदेशमा रहेका नेपालीहरु सबैले धेरै, थोरै पैसा कमाई मानसम्मानका साथ रमाइलो गरी बसेका छन् । केही व्यक्तिहरु यस्ता पनि छन आफुसंग केही नभए पनि समाजमा सेवा, सहयोग गरु भन्ने भावानाका छन् । भने केही व्यक्ति मेरो परिवार संसार यही हो, समाज के को लागि, तिनीहरुलाई दिने पैसाले त मज्जाले मस्ती गरिन्छ, हामीलाई कोही चाहिन्न भन्ने घमण्डपनले रनफनिका व्यक्तिलाई आपत र बिपत, मर्दा र पर्दाको पिडामा भोग्ने छ ।

समाजमा सम्पतिको ताजुक, घमण्ड अनि पैसाको तुलना गर्ने छ । हामी त्यस्तो स्वार्थी मान्छे नबनाँै । नेपाली समाजमा श्रेष्ठ जस्ता समाजसेवा परोपकार दान, धर्म गर्ने व्यक्ति पाउन सफल भएका छाँै । त्यसैले हाम्रो नेपाली समाजमा धन भएर मात्र के गर्नु मन पनि चाहिँदो रहेछ । हामी आशा गरौ भोलिका दिनमा हाम्रो नेपाली समाजले निस्वार्थ समाजसेवा दान, धर्म, परोपकार गर्ने, गराउने व्यक्तित्वहरुको पहिचान गरि समाज र विश्वमा चिनाआँै ।

नेवाः अर्गनाइजेसन अफ अमेरिका साउथन क्यालिफोर्नियाको आयोजनमा साउथन क्यालिफोर्नियामा बसोबास गर्ने नेवारी समुदायको आफ्नो कला सँस्कृति, चाडबाडका साथै अन्य समाजसेवी कार्यहरु गरि रहेका कुरा सबैमा जानकारी छ । नेवारहरुको नेपाल संम्वत न्ह्युदँया भिन्तुना भव्य रुपमा नेवारी समुदाय भन्दा बाहिरका व्यक्ति र परिवारलाई समेत सहभागी गराई मण्डपमा महः पूजा गरिन्छ । बिमल श्रेष्ठले नेवाः अर्गनाइजेसन अफ अमेरिका साउथर्न क्यालिफोर्निया र श्री पशुपतिनाथ फाउण्डेशन दुवै सँस्थालाई समय दिएर समाजसेवा गर्नु भएको कुरा स्मरणीय छ ।
लेखक संखुवासभा कम्युनिटी अफ युएसए 501(c) (3) का महासचिव हुनुहुन्छ ।