दुई मिर्गौला पीडितलाई आर्थिक सहयोग प्रदान

news-details

संखुवासभा कम्युनिटी अफ युएसएकी अध्यक्ष तथा समाजसेवी शान्ती श्रेष्ठले संखुवासभा जिल्लाका दुई जना मिर्गौला पीडित बिरामीलाई पचास हज्जारको दरले आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।

उहाँले बिरामीको आआफ्नो निवासमा पुगेर संखुवासभा कम्युनिटी अफ युएसएको आर्थिक सहयोग हस्तान्तरण गर्नु भएको हो ।

मिर्गौला पीडित संखुवासभा जिल्ला सभापोखरी गाउपालिका २ धुपु स्थायी घर भई हाल भक्तपुरमा बसोबास गर्दै आएका स्काउट महरा र अर्का खाँदबारी नगरपालिका ६ तल्लो पन्ठा घर भई हाल काठमाडौंको कपनमा बस्दै आएका सन्तोष घिमिरेलाई थप उपचारका  सहयोग गर्नु भएको हो ।

सहयोग प्रदान गर्दै श्रेष्ठले भन्नुभयो “देशबाहिर रहँदा पनि मातृभूमि र यहाँका जनताको पीडामा सस्थाले अलग देख्न सक्दैन । सानो सहयोगले पनि कसैको जीवनमा ठूलो आशा दिन सक्छ भन्ने विश्वासले सस्थाले यो सानो सहयोग गरेको छ। यस कार्यमा सहयोग गर्ने मनकारी दाताहरुलाई धन्यबाद दिनु भएको छ।
सस्थाको सहयोग पाएपछि बिरामीका परिवारले खुसी व्यक्त गर्दै सहयोगी मनको खुलेर प्रसंसा गरे

यस कार्यमा सहयोग गर्ने भक्त थापा (क्यालिफोर्निया ) शान्ति श्रेष्ठ (कोलोराडो ) जीवन जोशी (टेक्सास ) निरमणि कालाखेती (क्यालिफोर्निया ) बिष्णु पौडेल “सितल ” (भर्जिनिया ) नोयनाथ पोखरेल(कोलोराडो )पदम राज ताम्नाग(कोलोराडो) चेतमान श्रेष्ठ (कोलोराडो) अनिमेष श्रेष्ठ(कोलोराडो )कर्म तेञ्जिङ्ग भोटिया(कोलोराडो)मनोज श्रेष्ठ(क्यालिफोर्निया )

सामाजिक सेवामा सक्रिय सस्थाले यस प्रकारको सहृदय कदमले विदेशमा रहेका नेपालीहरूको मनोभावनालाई पनि प्रतिविम्बित गर्छ। सस्थाले व्यक्तिगत तथा संस्थागतरुपमा विभिन्न प्रकारको मानवीय तथा आर्थिक सहयोग गर्दै आएको छ। ।