दिल सिङ्ग श्रेष्ठको परिवारहरुबाट स्वास्थ्य उपचारमा सहयोग

संखुवासभा जिल्ला खाँदबारी नगरपालिका वाड नम्बर ९ ढुंगेधारा स्वर्गीय दिल सिङ्ग श्रेष्ठको परिवारहरुका सन्तानले आफ्नो परिवारका सदस्यहरुलाई आपत बिपतमा मानवताको नाताले सहयोग गर्ने बचन बध्दता अनुसार खाँदबारी निवासी राम बहादुर श्रेष्ठको हेल्पिङ्ग हेण्डस सामुदायिक अस्पताल चाबहिलमा स्वास्थ्य उपचार भै रहेको अबस्थामा स्वास्थ्य उपचारको लागि हामी अमेरिकामा बसोबास गरि बस्ने दिल सिङ्ग श्रेष्ठको परिवारहरुबाट जे जति सानो तिनो सहयोग गरौ भनि फोन ,फेस बुकबाट परिवारका सदस्यहरु संग सर सल्लाह गरि सहयोग गर्ने मनकारी दाताहरुमा सहयोग जुटाउनका लागि पहल गर्नु हुने संखुवासभा कम्युनिटी अफ यु एस ए को अध्यक्ष श्रीमति शान्ति श्रेष्ठ सल्लाहकार श्री सुरेन्द्र श्रेष्ठको तर्फबाट सहयोग गर्ने मनकारी दाताहरु सबैलाई र अमेरिकाबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नेपालमा उपचारमा सहयोग गरि दिनु हुने परिवारका सदस्यहरुमा समेत धन्यवाद दिनु भएको छ।

सहयोग प्राप्त रकम अमेरिकन डलर चार हजार चार सय एकको नेपाली रकम व्यक्ति ,व्यक्तिले नेपालमा सम्बन्धित व्यक्तिले पाउने गरि पठाई सकिएको छ। भविष्यमा हुने आपत बिपत दु:ख बिमारमा यसरी नै दिल सिङ्ग श्रेष्ठको परिवार एक जुट भई एक थुकी सुकी सय थुकी नदीको सन्देश दिनु हुने छ भन्ने आशा र बिश्वास हामी सबैले गरेका छौ।

उपचारको क्रममा स्वर्गीय राम बहादुर श्रेष्ठको जुलाई ९ ,२०२० मा स्वर्गबास हुनु भएकोमा समावेदन समेत व्यक्त गर्नु भएको छ।

सहयोग गर्ने दाताहरु
श्री बासु देव श्रेष्ठ – लांगमन्थ ,कोलोराडो $1000.00
श्री सुरेन्द्र श्रेष्ठ – बोल्डर ,कोलोराडो $1000.00
श्री मुकेस श्रेष्ठ – सियाटल ,वासिंगटन $1000.00
श्री धर्म राज श्रेष्ठ – सुपरियर ,कोलोराडो $200.00
श्रीमति शान्ति श्रेष्ठ – सेण्टिनियल ,कोलोराडो $200.00
श्रीमति पार्वती श्रेष्ठ – अरोरा ,कोलोराडो $100.00
श्री दिनेश श्रेष्ठ – बोल्डर ,कोलोराडो $100.00
श्री देवानन्द श्रेष्ठ – लांगमन्थ ,कोलोराडो $50.00
श्री नारायण चन्द्र श्रेष्ठ -ब्रयुम्फिल,कोलोराडो $51.00
श्री हरि बहादुर श्रेष्ठ – सोनमा ,क्यालिफोर्निया $200.00
श्री लिला बहादुर श्रेष्ठ – सान्त रोजा ,क्यालिफोर्निया $100.00
श्री मनोज कुमार श्रेष्ठ – सन्त रोजा ,क्यालिफोर्निया $300.00
श्री बाल कृष्ण श्रेष्ठ – थोटन ,कोलोराडो $100.00