भ्रष्टाचारी भनेकोमा दुख: लाग्छ


बसन्त कुमार नालामी
बरिष्ट अधिबक्ता


चैत ९ गते देखि lock down मा छु। सरकारको आदेस पालना गरेर बसेको छु। कतारको मेरो एक जना साथिको बाबुले गरिबीको कारणले राम्रो सङ्ग खान नपाउदा १२० बर्ष बाच्नु भएछ, पछि बुझ्दा over eating नभएकोले रहेछ। मेरो पनि सुगर प्रेसर सबै ठिक भयो। तपाईंहरुको पनि राम्रै भयको होला। Lock down ले गर्दा धेरै साथीहरूले आफुलाइ creative काममा आफ्नो समय लगानी गरेको थाहा पाए। सुतेर बसिरहनु भन्दा केहि creative काम गर्‍यो भने सेल मर्दैन अरे नत्र ३५ बर्ष नाघेपछि प्रतिदिन ७००० cell मर्छ भन्ने कुरा एउटा किताबमा पढेकोले लेख्न मन लग्यो ।
आफैले आफ्नो past life लाई साक्षी भावमा बसेर हेर्न थाल्यो भने primal therapy हुन्छ अरे भनेको कुरा OSHO को किताबमा पढेको थिए । primal therapy गर्दा मैले नेपाल , नेपाली र हाम्रो नेताहरूलाई पो सम्झिएछु। आफुले अहिले सम्म कुनै नेतालाई भेट्न गएको रहेनछु। यसो सुनेको नाम सम्झिदा बि पि कोइराला , गणेश मान, कृष्ण प्रसाद भट्टराई , गिरिजाप्रसाद , शेर बहादुर ,सुशील कोइराला रामचन्द्र पौडेल , गोविन्द राज, चिरञ्जीवी वाग्ले ,खुम बहादुर, पुष्पलाल, मनमोहन ,मदन भण्डारी ,साहना,माधब नेपाल ,झलनाथ , खड्क प्रसाद ओलि ,बाम देव , बिस्नु पौडेल , प्रचण्ड , राम बहादुर थापा ,अग्नि सापकोटा ,बाबु राम, हिस्सिला,भिम रावल , सुभाष नेम्वाङ, नारायण मान बिजुक्क्षे, कृष्ण महरा, महन्त ठाकुर, उपेन्द्र यादव ,राजेन्द्र महतो, सुर्य बहादुर थापा , मरिच मान ,लोकेन्द्र चन्द, तुलसी गिरि, ,प्रकश चन्द्र लोहनी ,………………………समेत सबैलाई ध्यानमा पाए। अनि नेपाली जनता तिर ध्यान लगाए , त्यस्मा osho को किताबमा अध्ययन गरेको जस्तै गरे। सबै नेपाली जनताहरुले केही नेतालाई बाहेक सबैलाई भ्रष्टाचारी , ज्यान मारा, देश बेचुवा, अनि केहीलाई ” र ” को मान्छे, लैनचौरको कर्मचारी , दिल्लीको छोरा , अनि कसैलाई चाइनाको पाले।
ध्यानबाट छुटदा झसङ्ग भए ,मैले कुनै निर्णय गरिन । who is wrong who is right? साक्षी भावमा बसे। किनभने सबै नेताहरूको contribution पनि सुनेकोछु। अधिकांस नेताहरु जेल गएको देखिन्छन् । सत्य कुरा बोलेका छन् याहा सम्म कि १७००० त मैले होईन ५००० चाहिँ मैले मारेको जिम्मा लिन्छु, १२००० चाहिँ अरुले हो ।भ्रस्टाचार मैले गरेको होइन ४०/ ५० करोडको सम्पत्ति श्री मतिको दाइजो हो। जनता मारेको छैन महान्यायाधिवक्ताले मुद्धा फिर्ता लिएको छ।आदि इत्यादि …………………. यसमा छानबिन गर्ने काम मेरो होइन । मालपोत र बैंकको statement बोल्छ । दिन आयो भने सबै कुरा अन्धाले देख्छ, बहिराले सुन्छ। कुनै देश भक्त नेताले भोलि गएर टुंदिखेलमा उभ्याएर बयान लियो भने उहीँ जान्दछ। अहिले यति भन्छु मलाई केही थाहा छैन तर तपाईं लाई भ्रस्टाचारी भनेको सहन सक्दिन, एउटा ब्यक्तिले एक जनालाई मारेको त्यति ठुलो होइन तर Hitlar ले जस्तो एकै पटक ६०००० नमार , ब्यक्तिले जे सुकै गरोस् त्यो police ले अनुसन्धान गर्छ तर नेपाल आमालाई नलुट तिमिलाई भ्रष्टाचारी भनेकोमा दुख: लाग्छ ।

संखुवासभा , चैनपुर