NRNA NCC USA को बोड अफ डाइरेक्टर पदमा जीवन कुमार जोशीको उम्मेदवारीको घोषणा


                गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिकाको आगामी २०१९ -२०२१ का लागि हुने निर्वाचनमा NRN अमेरिकोको बोड अफ डाइरेक्टर पदमा विगत २२/२३ बर्ष देखि अमेरिकाको विभिन्न शहरमा बसोबास गर्दै हाल टेक्सास निवासी संखुवा सभा कम्युनिटी अफ यु एस ए अमेरिकाको सल्लाहकार जीवन कुमार जोशीले उमेध्दवारी घोषणा गर्नु भएको छ । संखुवा सभा जिल्ला चैनपुर बजारमा जन्म भै एस एल सी परिक्षा उतिर्ण गरि काठमाण्डौ मा आइ उच्च शिक्षा अध्ययन पुरा गर्नु भएको छ । अमेरिकामा रहेका नेपाली संघ,सस्था संग आबध्द भै नेपालीहरुलाई परेको आपत बिपतमा गर्नु भएको सहयोग महत्व पूर्णछ । वहाले आफ्नो महत्व पूर्ण कार्यलाई पनि वास्था नगरी सामाजिक कार्यमा समय दिएर गर्नु भएको सहासी कार्यले आज अमेरिकामा नेपाली समुदायमा समाज सेवी बन्न सफल हुनु भएको छ । हाल वहा आफनो ब्यबसाय संचालन गरेर समाज सेवामा लागि रहनु परेको छ ।
        कर्मभूमि अमेरिकामा अल्पसंख्यकमा रहेका नेपाली अमेरिकनहरूको हक र हितको सुरक्षार्थ एनआरएनले एक्यवद्धता जाहेर गरेर अगाडी बढ्नुको विकल्प नरहेको उल्लेख गर्दै जीवन कुमार जोशीको उमेध्दवारी घोषणाले नेपाली समुदायमा एनआरएन जस्तो गरिमामय ग्लोबल संस्थाले सबै संग सहकार्य गरेर अगाडी बढ्नुपर्ने धारणा भएकोले गैर आवासीय नेपाली सङ्घ(एनआरएनए) अमेरिकाको आजिबन सदस्यहरु तथा सदस्यहरुले मुल्यांकन गरि सहि काम गर्न , समय दिन सक्ने निस्वार्थ व्यक्तित्वहरुलाई निर्वाचित गराउने कुरामा नेपाली समुदायको आशा र बिश्वास लिएको छन् ।