अमेरिकाको विभिन्न राज्यमा बसोबास गरि बस्ने नेपालीहरुले आफ्नो पबित्र चाड २०७७ सालको दशैँ ,कोबोड १९ महामारीमा सुरक्षित रहदै आफ्नो मान्यजनबाट टिका थाप्ने आशिर्वाद लिने र टिका लगाई दिने ,आशिर्बाद दिने काम आक्टुबर २६ ,२०२० साल सोमबार साइतको टिका लगाउने काम सम्पन्न भएको छ।
फेसबुकमा पोस्ट गर्नु भएको जानकारी अनुसार संखुवासभा कम्युनिटी कम्युनिटी अफ यु एस ए सदस्य ज्युहरुले पनि दशैको दिन टिका लगाई दिने,टिका थाप्ने गर्नु भएको छ |

संखुवासभा कम्युनिटी कम्युनिटी अफ यु एस ए का अध्यक्ष श्रीमती शान्ति श्रेष्ठले कोलोराडो राज्यको सेण्टिनियल सिटि आफ्नो निवासमा आफ्नो श्रीमान् ज्युको हातबाट टिका थाप्ने आशिर्वाद लिने कार्य गर्नु भयो।
यसै गरि संखुवासभा कम्युनिटी कम्युनिटी अफ यु एस ए का उपाध्यक्ष बिष्णु पौडेल ‘शीतल ‘ बाट भर्जिनिया राज्यको चन्तिल्ली ( Chantilly ) सिटि आफ्ना निवासमा धर्म पत्नी श्रीमती सरस्वति शर्मालाई टिका लगाई दिने ,आशिर्बाद दिने काम भएको

संखुवासभा कम्युनिटी कम्युनिटी अफ यु एस ए का पुर्व सल्लाहकार सस्थापक आजीवन सदस्य गोपाल घिमिरेबाट क्यालिफोर्निया राज्य भाकाभिल्ली सिटि आफ्ना निवासमा आफ्नो नातिनी मिहसा घिमिरेलाई साइत टिका लगाई दिने ,आशिर्बाद दिनु भएको छ।

संखुवासभा कम्युनिटी कम्युनिटी अफ यु एस एको तर्फ बाट स्वदेश तथा बिदेशमा रहनु भएको सम्पूरण नेपालीहरुलाई २०७७ सालको दशैमा शुभकमना दिइएको छ।
