संखुवासभा समाज अमेरिकाको परेश राईलाई आर्थिक सहयोग

संखुवासभा समाज अमेरिकाले परेश राईलाई आर्थिक सहयोग गरेको छ । गायन रियालिटी शो मेरो भ्वाईस युनिभर्सको फाईनल चरणमा पुगेका संखुवासभाका परेश राईलाई जिताउन संखुवासभा समाज अमेरिकाले ४२ हजार सहयोग गरेको हो । संखुवासभाको पहिचान र गौरवको रुपमा रियालिटी शो को फाइनल चरणमा पुगेका परेशलाई जिताउन देशविदेशबाट सहयोग प्राप्त भईरहेको बेला संखुवासभा समाज अमेरिकाले ४२ हजार २ सय ५० रुपैया सहयोग गरेको हो । समाजले सहयोग रकम संकलन गरि परेशलाई जिताउन ८ हजार ४ सय ५० भोट गरेको हो । उक्त रकम समाजकी अध्यक्ष शान्ति श्रेष्ठ, महासचिव हरिकुमार श्रेष्ठ, श्यामकुमार श्रेष्ठ, जीवन जोशी, कर्मतेञ्जिङ्ग भोटिया , मनोज श्रेष्ठ, मकेश श्रेष्ठ, ई.अनिमेष श्रेष्ठ र सन्जिप थापाले संकलन गरि परेशलाई जिताउन सहयोग गरेको हो ।
संखुवासभा चैनपुर नगरपालिका–१० इकुम्बाका स्थानीय परेश राई गायन क्षेत्रमा अगाडी बढ्र्दै गएका छन् । उनी केहीदिन अगाडी संखुवासभाको सदरमुकाम खाँदबारी, चैनपुर लगायतको क्षेत्रमा आएर साँगितिक कार्यक्रम सहित भोट मागेर काठमाडौं फर्किएका छन् । परेशलाई जिताउन देशविदेशका साथै संखुवासभा र आसपासका क्षेत्रमा शुभचिन्तकहरुले ‘परेश राई जिताऔं अभियान’ नै संचालन गरिरहेका छन् । परेशलाई जिताउन भदौ २ गते सम्म भोट गर्नसकिने छ ।

 Nepal
Wednesday, January 3, 2024

 शनिबार, २ भदौ, २०८० गते