संखुवासभा बाढी पिडितहरुलाई क्यालिफोर्निया राज्यको सामाज सेवीहरुबाट सहयोग

हरि कुमार श्रेष्ठ ,कोलोराडो

जुलाई २९ ,२०२०
संखुवासभा जिल्ला खाँदबारी नगरपालिका ९ अरुण नदीको किनारमा रहेको मनकामना धाममा वृद्धवृद्धहरु तथा गुरुकुलका विद्यार्थीहरु समेत गरि करिब सतरी व्यक्तिहरु बसोबास गरि रहेको अबस्थामा जुलाई २७ , २०२० मा आएको अविरल बर्षादले भल पहिरो आइ छेदबिच्छेद पारी कुटिहरु, पाठशाला ,आवासमा पानीको भल पसी खाद्यन्न लत्ता कपडा समेत नस्ट भएको छ।
यसै गरि खाँदबारी नगरपालिका वाड नम्बर ९ ढुंगे बिसौनीमा पनि अविरल बर्षादले ५ वटा घर क्षेती भएको सो गाउमा १५ परिवारहरुलाई सहयोग गर्नु पर्ने स्थिति रहेको अबस्थामा सहयोगका लागि स्थानीय व्यक्तिहरुबाट अनुरोध भै रहेको थियो ।

यो अबस्थामा सहयोगी मन भएका अमेरिकामा बसोबास गरि बस्ने संखुवासभा जिल्लाबासी कांग्रेस प्रजातन्त्रमा आस्था राख्नेहरुको भखर गठन भएको सामाजिक सस्था संखुवासभा अमेरिका जन सम्पर्क समितिको सक्रिय पहलमा सहयोग जुटाउन सफल भएको छ।


गोरखा अमेरिका जन सम्पर्क समितिको अध्यक्ष विश्व भट्ट, नेपाली जन सम्पर्क समिति उतरी क्यालिफोर्नियाको कार्यवाहक सभापति नारायण खनाल , नेपाली जनसम्पर्क समिति क्यलिफोरनियाको महासचिव हरी भट्ट बिशेष धन्यबाद सहित सहयोगी मनकारी दाताहरुमा धन्यबाद दिइयो। यस महान कार्यमा सहयोग गर्ने अमेरिकाको क्यालिफोर्निया राज्यको विभिन्न शहरमा बसोबास गरि बस्नु हुने विश्व भट्ट ,हरि भट्ट ,अमर लामिछाने , नारायण खनाल, राजेन्द्र अधिकारी ,चक्रपाणि अर्याल ,उत्तर गुरूंग ,तेज गुरूंग ,सोम भट्ट ,सरोज काफ्ले ,कुमार आचार्य ,त्रिताल नेपाल ,दिनेश रम्तेल ,संजीव भट्ट ,संदीप पौडेल ,मोहन कट्टेल ,विपिन थापा ,रविंद्र वंजाडे ,विवेक रानाभाट ,माधव पन्तहरुबाट सहयोग $ 2050.00 नेपाली रुपया Rs 2,39,595.80 जुटेको थियो।
यसरी कुनै जातीय ,क्षेत्रीय भावना नलिइ मानवीय कार्यमा सहयोग गर्ने मनकारी दाताहरुलाई नमन गर्नु हामी सबैको कर्तब्य हो।

एक कार्यक्रम बिच बाढी पिडित मनकामना धाममा वस्नु हुने वृद्धवृद्धहरु तथा गुरुकुलका विद्यार्थीहरु समेत गरि करिब सतरी व्यक्तिहरुलाई जुलाई २९ ,२०२० को दिन खाद्यान्न सामाग्रीहरु बितरण गरिएको छ।

सोहि दिन खाँदबारी नगरपालिका वाड नम्बर ९ ढुंगे बिसौनीमा खाद्यान्न सहयोग बितरण गरिएको छ।


खाद्यान्न सामाग्री खरिद गरि बजारबाट मनकामना बाढी ग्रस्त क्षेत्र सम्म ल्याएर पिडित परिवार सदस्यहरुलाई बितरण गर्न खाँदबारी नगरपालिका ९ तुम्लिङ्ग्टार निवासी समाजसेवि रविन गाैतम , प्रताप गुरुङ र प्रबेश्वर श्रेष्ठले सहयोग गर्नु भएको थियो।