संखुवासभा जिल्लाको सदरमुकामको कथा

लोक बहादुर श्रेष्ठ
खाँदबारी  हाल अमेरिका
केसबराज जीले लेख्नु भएको शंखुवा-सभा खांदबारीको लेख राम्रो लाग्यो । तर एऊटा कुरो चै ऋुट जस्तो लाग्यो । हुन सक्छ सत्य कुरो थाहा नभएर पनि यस्तो त्रुटि हुन्छ । ठीकै छ यसलाई सच्याएर लेख्नु होला । सदर मुकाम बारे यस्तो छ इतिहांस सबैले जान्न र थाहा पाऊंन जरुरी छ ।

२०१५ सालको आम निर्वाचन भन्दा अगाडी पहिले एउटा चुनाब क्षेत्रमा एउटा ग्राम बिकास राख्ने सरकारको निर्णय थियो | चैनपुर क्षेत्र र धनकुटा एउटै चुनाब क्षेत्र २२ न  त्रिभुवन ग्रामबिकास भने धनकुटा  र  खाँदारी हेवाखोला पारि २३ न क्षेत्र त्रिभुवन ग्राम बिकासको केन्द्र नुम तोकिएको थियो।  कर्मचारी, अफिसको लागि बस्ने नुममा भवनहरु उपयुक्त नभएकोले ग्राम बिकासको केन्द्र खाँदबारीमा राखियो।

२०१७ सालमा स्व. महेन्द्र राजाले संसदीय ब्यबस्थालाइ अपदस्थ गरी २०१८ सालमा स्व. महेन्द्र राजाबाट नेपाल अधीराज्यलाई १४ अन्चल , ७५ जिल्ला र लगभग ४५०० जति गाऊं पन्चायतमा बिभाजन गरियो । ७५ जिल्ला मध्ये शंखुवा-सभा पनि एऊटा जिल्लामा पर्यो ।
प्रतेक एऊटा जिल्लामा ( पचहत्तरै जिल्लामा )त्रिभुवन ग्राम बिकास केन्द्र खोलियो ।ग्राम बिकास केन्द्र खोल्ने क्रममा शंखुवा – सभा खांदबारीमा पनि त्रिभुवन ग्राम बिास केन्द्र कार्यालय खुल्यो ! यस केन्द्रको हाकीम स्व. जगन्नाथ भक्त श्रेष्ठ बि. डि. ओ. (ब्लक डेभलपमेन्ट अफिसर ) हुनुहुन्ऱ्थ्यो । त्यस बखत शंखुवा – सभा जिल्लामा ३१ गाऊं पन्चायतहरु ऱ्थिए ।सभा खोला वारीका गाऊ पन्चायतहरु ३१ वोटा शंखुवा – सभा जिल्लामा पर्दथ्यो । यस बखत शंखुवा – सभाको नक्सा पनि पिपलको पात जस्तो थियो । सभा खोला पारीका ८ गाऊ पन्चायतहरु हाल शंखुवा -सभामा पर्दछ । पहिले सभा खोला पारीका ८ गाऊ पन्चायतहरु धन्कुटा जिल्लामा थियो । सभा खोला पारीका गाऊं पन्चायतहरुलाई धन्कुटा जिल्ला टाढा पायक नपर्ने भएको र शंखुवा – जिल्ला खांदबारी चै नजिक पायक पर्ने भएकोले हामी ८ गाऊं पन्चायतररु चै शंखुवा – सभा जिल्ला खांदबारीमा गाभी पाऊं भनि निबेदन परेकोले पन्चायत मन्त्रालयबाट सभा खोला पारीका गाउ पंचायतहरु जंमा ८ शंखुवा – सभा जिल्लामा गाभियो । सभा खोला पारिका ८ गाउ पंचायतहरु गाभिए पछि शंखुवा – सभा जिल्लामा जंमा ३९ गाउ पंचायतहरु भए । शंखुवा- सभाको नकसा पनि गोरुको मुख जस्तो आकारको भयो ।
सभा खोला पारीका मानिसहरु लेखेपढेका अलि टाठाबाठा व्यक्ति भएकोले र माथी केन्द्र संम पनि पहुच पुगेकोले खांदबारीबाट त्रिभुवन बिकास केन्द्र चैनपुर सार्न प्रयास गरिएको थियो। कार्यालय सार्नको लागी मन्त्रालयबाट त्रिभुवन ग्राम बिकास केन्द्र खाँदबारीको कार्यालयका सामान ओसार्न  ठेकदारबाट घटाघट गरी ऊक्त केन्द्र चैनपुर गाऊं पन्चायतमा अबिलम्ब सार्नु भन्ने परिपत्र आएको थियो  |कार्यालयमा आएको यो परिपत्रले खांदबारीमा ठूलो सनसनी हलचल पार्यो । सबैमा एक किसिमको निरासा खाँदबारी बासिमा छायो । अब त्रिभुवन ग्राम बिकास केन्द्र थाम्न के ऊपाय गर्ने त भन्ने सोंचमा स्व.उतर कुमार गुरुंग , स्व. सूर्य बहादुर श्रेष्ठ र अन्य गन्यमान्य ब्यक्तिहरुको नेतृत्वमा अब घटाघट हुने दिन बिहानै देखि बुढा बुढीहरु,केटाकेटीहरु र नौजवान युवा युबतिहरु सबै भेला भएर कार्यालय घर वरिपरि सबैले घेर्ने । कार्यालयका कर्मचारीहरु सबैलाई दस बजे भित्र पऱ्स्न दिने र अन्य कोही पनि ब्यक्तीहरुलाई कार्यालय भित्र पस्न नदिने भन्ने निर्णय भयो।
सोही अनुसार सामान ओसार्ने ठेकदारलाई घटाघट गर्न बोल कबोल गर्न भित्र जान रोकियो र ठेकदारले घटाघट गर्न पाएन । यसरी तिन दिन लगातार कार्यालय घर घेरेर बसेपछि त्रिभुवन ग्राम बिकास केन्द्र चैनपुर सर्न र सार्न रोकियो ।अब यसलाई सर्न सार्न र आघीकारीक रुपमा थमौति गर्न स्व. सूर्य बहादुर श्रेषठ, स्व.  उतर कुमार गुरुंग र अन्य ब्यक्तिहरु काठमान्डू डेलिगेसन गएका थिए।  जिल्ला पञ्चायतले खाँदबारी राख्ने निर्णय गरेपछि स्व. सुर्य बहादुर थापा त्यस बखत प्रधान मन्त्री हुनुहुन्थ्यो ऊहांलाई भेटेर यहांको बस्तुस्थिति बारे सबै अबगत गराए पछि श्री ५ को सरकार बाट त्रिभुवन ग्राम बिकास केन्द्र खाँदबारी मा नै थमैती भयो ।ऊहांले खांदबारीको लागी कहिलै बिर्सन नै नहुने गुण लगाऊंनु भएको छ ।यदि ऊहांले यो काम नगरि दिनु भएको भए खांदबारीमा आज यो बिकास भएको देख्न पाईने थिएन।
सदर मुकामको बारेमा अलिकति चर्चा गर्नु सान्धर्बिक होला ।अहिले २०३६ साल देखी यता जन्मिएका भाई बैनीहरुलाई चैनपुर पुरानो सदरमुकाम हो । पञ्चायतले ७५ जिल्ला भएपछि संखुवा सभाको सदर मुकाम चैनपुर तोकियो।सरकारले   खाँदबारीमा रहेको सरकारी कार्यालयहरु चैनपुर सार्न चाहेको थियो } स्थानीयले बिरोध गरेकोले अफिस सरेन चैनपुरमा अदालत  ,माल अड्डा र पुलिस थाना थियो। सदरमुकाम चैनपुरबाट खांदबारी सरेको हो भन्ने जुन भ्रम छ यो गलत हो । किनभने खांदबारीमा जिल्ला स्तरीय कार्यालयहरु सबै थिए । केवल माल कार्यालय र अदालत चै चैनपुर बजारमा थियो । जिल्ला स्तरीय कार्यीलयहरु सबै खांदबारीमा भएकोले माल अड्डा कार्यालय पनी खांदबारीमा सार्नु अनिबार्य भएकोले श्री ५ को सरकारबाट माल अड्डा कार्यालय चैनपुरबाट खांदबारी सार्नु भन्ने परिपत्र आएकोले तेस बखत खेमराज नेपाल कायम मुकायम सि. डि. ओे . हुनुहुन्थ्यो । ऊहांकै नेतृत्वमा एक दर्जन प्रहरीहरुको घेराबन्दीमा मालका कर्मचारीहरु र कागज पत्रहरुबोक्ने भरियाहरुलाई राती नै चैनपुरबाट रातारात गरी माल अड्डा कार्यालय चै खांदबारीमा सारेको सांचो तथ्य हो ।राता रात गरेर सार्नुको कारण चै दिऊंसो जन्ताहरुले सार्न नदिने  मानवीय क्षेती बाट रोक्न महत्व पूर्ण बुध्दिमता चलाखी त्यसबखतका प्रशासन ले गरेको देखिन्छ। त्यसैले राती सार्ने काम भएको हो ।यहि माल कार्यालय चैनपुरबाट खांदबारी सारेको हुनाले पुरानो सदर मुकाम चै चैनपुर हो भन्ने कुरो पछिल्लो पिडिका भाई बैनिहरुलाई सदर मुकाम नै चैनपुरबाट खांदबारी सारिएको हो भन्ने भ्रम भएको हो । अब यस्तो भ्रममा पर्नु पर्दैन । ऱ्त्रिभुवन ग्राम बिकास कार्यालय खांदबारीमा खुले देखीनै यो कार्यालय खांदबारीमा २०१८सालदेखी नै अनबरत छ । यसको नाम बिभन्न काल ऱ्खन्डमा परिबर्तन हुदै हुदै आज जिल्ला प्रसासन कार्यालय हो| अदालत चै राणाकाल देखिनै रहेकोले चैनपुरबाट खाँदबारी सारिएन |

पहिलेको खाँदबारी