संखुवासभा जिल्लाका बिद्यालय प्रधानध्यापक तथा शिक्षक, बौध्दिक व्यक्तित्वहरुबाट सुझाब आब्हान

संखुवासभा कम्युनिटी अफ यु एस ए ,अमेरिकाबाट संखुवासभा जिल्लाका एक बिद्यालयको बहुउदेश्यीय शिक्षा कार्यमा प्रत्येक बर्ष नेपाली रुपया एक लाख सहयोग पुर्याउन कार्यक्रम २०२४ को लागि १, श्री अरुणोदय माध्यमिक बिद्यालय भोटखोला गाउ पालिका २ लिंगम ,२  श्री जन चाहना आधारभूत बिद्यालय खाँदबारी न.पा. ७ बेलडाडा ,३ श्री सर्व मंगला आधारभूत बिद्यालय चैनपुर न.पा. ३ रातमाटेलाई सहयोग गरि सकिएको छ।
बिद्यालयको बहुउदेश्यीय शिक्षा कार्य सम्बन्धि निर्देशिका तयार गरि  कार्य समितिमा पेस गरिने हुदा संखुवासभाका बिद्यालय प्रधानध्यापक तथा शिक्षक, बौध्दिक व्यक्तित्वहरुबाट बिद्यालय छनोट ,सहयोग गर्ने क्षेत्र बारेमा सल्लाह, सुझाब दिनको लागि सस्थाको इ मेल [email protected]  वा संखुवासभा जिल्ला कोडिनेटर श्री किरण कुमार शाक्य , खाँदबारी संग समन्वय गरि जानकारी  जुलाई ३०,२०२४ सम्म पठाई सहयोग गरि दिन अनुरोध गरिन्छ ।

तपाई को सुझाब समितिको लागि मार्गनिर्देसन हुने छ।  निर्देशिका समितिबाट निर्णय भए पछि २०२५ साल देखिको बिद्यालयको बहुउदेश्यीय शिक्षा क्षेत्रमा सहयोग यहि निर्देशिका  अनुसार बिद्यालय छनोट गरि सहयोग गरिने छ।
बिष्णु पौडेल “सितल ”
संयोजक , निर्देशिका तयारी उपसमिति
संखुवासभा  कम्युनिटी अफ यु एस ए ,अमेरिका