संखुवासभा कम्युनिटी अफ युएसएको चौथो अधिबेसनमा सस्थाका प्रतिबेदन महासचिब हरिकुमार श्रेष्ठबाट प्रस्तुत


सङखुवा सभा कम्युनिटी अफ युएसएको चौथो अधिबेसनको  अध्यक्ष ज्यु ,अमेरिकाको लागि नेपाली राजदुत महामहीम डा. अर्जुनकुमार कार्की  ज्यु , हेल्पिङ्ग हेन्ड्स हेल्थ एजुकेसन युएसएको अध्यक्ष तथा सस्थाको संरक्षक श्री नारायण श्रेष्ठ ज्यु , लायन्स कल्ब डिस्टीक ६ गर्भनर श्रीमती मिचेल गिल ज्यु , आमन्त्रीत नेपाली सामाजीक संध सस्थाका अध्यक्ष ज्यूहरु , ब्यबसाही तथा समाज सेवीहरु,  सल्लाहकार ज्यूहरु,कार्य समितिका पदधिकारी तथा सदस्य ज्यूहरु आजिवन सदस्य ज्यूहरु  , उपस्थित सजन बृन्द

       सङखुवा सभा समाज अमेरिकामा गठन भएपछि  तेस्रो बर्ष पुरा गरि चौथो बर्षमा प्रबेश गर्दैछौ ।अमेरिकाको विभिन्न राज्यमा सङखुवासभा जिल्लाबासीहरुको बसोबास रहेको पाउछौ। एक आपसमा चिना परिचय ,आपत बिपतमा एक अर्का बिच सहयोग अमेरिकामा रहेका भावी सन्ततिहरुले पुर्खाको जन्मथलाकोे कला सास्कृति,भाषालाई जगाई राख्न, जिल्लाको विकाशमा होस्टेमा हैसे,विश्वमा आपत बिपत, दैबी प्रकोप मानवीय सेवामा समर्पित हुन सामाजिक सस्थाको आवश्यता महशुष गरि सङखुवासभा जिल्लाबासीहरुको नामबाट अमेरिकाको कानुन अनुसार Non Profit Organizations सामाजिक सस्थाको रुपमा दर्ता भएको  Sankhuwasabha Community Of USA  सङखुवासभा समाज अमेरिका हो  । हाम्रो सस्थाले ३ वटा अधिबेसन सम्पन्न गरि आज अमेरिकामा बसोबास गरि बस्ने संखुवासभालीहरुको चौथो  अधिबेसन सम्पन्न गर्न गैरहेकाछौ ।

            अमेरिका जस्तो ब्यस्थ देशमा समय निकाल्नु आफैमा उत्साही भावना रहेको हुन्छ ।  सङखुवासभा जिल्लावासीहरु भौतिक रुपमा टाढा भए पनि जिल्लावासीको नाताले भावनात्मक रुपमा अत्यन्तै नजिक  हुनु आजको आबश्यकता हो। अमेरिकामा बसोबास गरि रहेका सङखुवासभा जिल्लाबासीहरुलाई कोलोराडो राज्यमा आज हुन गै रहेको अधिबेसनको लागि कार्यक्रममा  सहभागी हुन इमेल,फेस बुक र फोनबाट  सम्पर्क गरिएको थियो । सस्थाले गरेका केहि महत्व पूर्ण कार्यको जानकारी गराउन अनुमति चाहन्छु जो निम्न अनुसार छ ।

स्मारीका प्रकाशन

 सस्थालाई समाजमा चिना परिचय गराउने उदेश्य राखि यस सस्थाको एउटा दस्ताबेजको रुपमा पहिलो अंक प्रकाशीत गरि दोस्रो अंक दशैको समयमा स्मारिका प्रकाशन गर्नेछौ । पहिलो अंक प्रकाशनमा शुभकामना आर्थिक सहयोग  दिनु भै सस्थाको लक्ष्य पूरा गर्न महत्वपूर्ण योगदान गर्नु हुने दाताहरुलाई धन्यबाद दिन चहान्छु।

सन्ध्या पन्तको सहयोग:-सङखुवासभा, खादबारीमा  बिजुली करेन्ट लागि दुर्घटना भै दुवै हात  गुमान पुगेकी सभापोखरी गाँउपालीका वाड नम्बर १ धुपु निवास११ बर्षिया सन्ध्या पन्तको उपचारको लागि सङखुवासभा  कम्युनिटी अफ यु एस एको  पहलमा जिल्लाबासीको   नाता र मानवताको नाताले   सानोतिनो  आर्थिक सहयोगका लागि  सस्थाबाट GoFundMe खोलि अगाडी बढायौ । जे जति मनकारी दाताहरुबाट हाल सम्म  प्राप्त रकम यस सस्थाको बैंक खातामा जम्मा भएको छ   केहि रकम GoFundMe  मार्फत जम्मा भएको अमेरिकन डलर $3842.06  पठाईसकी सो रकम एक कार्यक्रम बिच सङखुवासभा कम्युनिटीअफ यु एसए अमेरिकाको सङखुवासभा जिल्ला कोडिनेटर श्री किरण कुमार  शाक्यले निजका बुबा तिर्थ पन्तलाई  बैक सटही दर अनुसार नेपाली रुपया  हस्तान्तरण गरिएकोछ।  मानबिय कार्यमा सहयोग गरि दिनु हुने दाताहरुमा धन्यबाद दिन चहान्छु ।

क्यान्सर पिडित धड्रकन राई सहयोग  :-सङखुवासभा जिल्ला चिचिला गाँउपालीका निवासी १५ बर्षीय धड्रकन राईलाई क्यान्सरको उपचारमा आर्थिक  सहयोगका लागि  सस्थाबाट GoFundMe खोलि अगाडी बढायौ । सो मार्फत जम्मा भएको अमेरिकन डलर$1538.46  नेपाली  रुपया  रु 176,650 एक कार्यक्रम बिच  सङखुवासभा काठमाडौं पत्रकार समाज (एसकाज)अध्यक्ष श्री हेमन्त गौतम र मनराम फौण्डेसनका अध्यक्ष श्री सुजन कुमार श्रेष्ठबाट हस्तान्तरण गरिएकोछ। मानबिय कार्यमा सहयोग गरि दिनु हुने दाताहरुमा धन्यबाद दिन चहान्छु ।

बृहत मनकामना बिकाश परियोजना

सस्थाको एक मात्र परियोजना सङखुवासभा जिल्ला खाँदबारी नगरपालीका ९ स्थीत अरुण नदी किनारमा अबस्थीत मनकामना क्षेत्रलाई धार्मिक प्रर्यटन बिकासको लागि सस्थाको पहलमा सहयोग गर्ने उदेश्यका साथ सस्थाको तर्फबाट अमेरिकन डलर ५०००।००र सस्थापक आजीवन सदस्य श्री बासुदेब श्रेष्ठ , रत्न प्रभा श्रेष्ठबाट अमेरिकन डलर २०००।००गरि अमेरिकन डलरसात हज्जार  सहयोग जुटाउन सफल भएकाछौ सो रकम नेपाली रुपयाँ खाँदबारीको बैकमा सुरक्षित छ ।स्थानीय तह बाट सस्थाको उदेश्य अनुसार समन्वय भए पछि निर्माण कार्यमा सहयोग जुटाउने पहल गरिनेछ ।

२०७६ सालको  (क्यालेण्डर)प्रकाशन

  अमेरिकामा नेपाली तिथि मिति भएको क्यालेण्डर,पात्रोको माग बढी रहेको र सङखुवासभा जिल्लाको पर्यटकीय धार्मिक ,प्रकृतीक क्षेत्रलाई बिश्व सामु प्रचार प्रसार गरि स्वदेशी तथा बिदेशी पर्यटकहरुलाई जिल्ला भ्रमण गराउनु र अमेरिकामा रहेका नेपाली ब्यबसायी, उद्मोमीहरुको ब्यापारलाई प्रचार प्रसार गराउने उदेश्यका साथ २०७५ देखि यस सस्थाले क्यालेण्डर प्रकाशन गर्दै आएकोछ । २०७६ सालको क्यालेण्डर प्रकाशन गरि अमेरिकाको बिभिन्न १७ स्टेटको केही शहरहरुका घर घर  र बिश्वको १२ देशमा पुर्याउन सफल भयौ। हामीलाई यस कार्यमा हौसला दिनु हुने बिज्ञापन दाताहरुलाई धन्यबाद दिन चहान्छु । पात्रोमा बिज्ञापन ठाँउको अभाबले  केहि ब्यापार , ब्यबसायको बिज्ञापन राख्न सकिएन । सस्थालाई बिज्ञापन दिई सहयोग गर्ने दाताहरु

(1),Helping Hand Health Education USA   Nerayan Shrestha   (2),Mt . Everest Import ofHilalaya, Shyam Shrestha Denver ,Co ( 3),Surendra Shresth, RubiShrestha  Boulder ,CO  ( 4),Himalaya kitchen , Karma& jyamu Bhotia  Dorengo ,CO ( 5),Tibet imports  , Naresha+ sarita shrestha ,CO  (6),Nepal’s Café  , Hem kumar, Durga debi shrestha , Estespark, CO ( 7,)Budhda Thai Cuisine,Kabita ,CO  ( 8), USNEPAL News Bikalparajuli   (9),Fast &Easy Mart ,Manoj, Lila Shrestha , Santa Roja ,CA  (10),Dr. Niranjan  Shrestha MD SC ,IL  (11),Little, Nepal  India Restaurant , Porusotam Pande BhagawatiPande , Colorado spring, CO  (12),Mehak Restaurant    Mahima shrestha Denver Co  (13),Nepal Tibet Imports ,Pranesa ,Mina masky , Fort Collins ,CO  (14), Bhakta Thapa  , Nanu Thapa, Artesia .CA  (15),K Smoke , Durga PShrestha , Mukesha Shrestha  Seattle,WA ( 16,) गहना पसल   ,  Aurora,CO  (17),Asia Mart, Nepali Grocery , Ghan Shyam magar, Aurora ,CO   (18),Sam’s Housing ,LLC  Suraj Man Shrestha  (19),OlD Tibet Boulder Sheejana shresha  (20) ,Plambik sharvisa Deepak sunuwar  Colorado  (21), Yeti  Restaurant Nrayan Suname  Santa Roja California  (22), Budhda Tax Accounting  Pashupati Shrestha  Jaksan heit NY ( 23), Boulder Nepal Babu kajishresth Venus Shrestha Boulder Colorado (24),Boyer Spring Food CenterHari bahadur ,Rajeswori Shrestha Sonama California

बाढी पिडितहरुलाई राहात बितरण २०७४:- नेपालको पूर्व क्षेत्रमा आएको बाढीबाट जनधनको क्षती भएको अबस्थामा इटहरी उपनगरपालीका गैरीगाउ स्थित बाढीपिडितहरुलाई शियर मिसन इन्टरनेशनल अमेरिका,  सुरेन्द्रश्रेष्ठ, रुबि श्रेष्ठ बोल्डर कोलोराडो , संखुवा सभा कम्युनिटि अफ युएसए अमेरिकाको तर्फ बाट खाध्यन्न , लत्ताकपडा , कम्बल सस्थाका अध्यक्ष श्रीमति शान्ति श्रेष्ठबाट राहात बितरण गर्नु भएको थियो ।

सस्थाको सदस्यता :- सङखुवासभा जिल्लामा जन्मीएका सन्तानहरुका सन्तान र जिल्लामा घर जग्गा भएका ब्यत्तिहरु यस सस्थाको सदस्य हुन पाउने बिधानमा ब्यबस्था भए अनुसार  आजीवन सदस्य (पारीवारीक $150.00 सिङ्गल $100.00) तथा साधरण सदस्य २ बर्ष $25.00 तिरी सदस्य हुन पाउनेछ ।

महामहिम राजदुत डा अर्जुन कार्कीको हात बाट सस्थाको आजीवन सदस्यको प्रमाण पत्र लिदै दिनेश श्रेष्ठ

१,पारिवारीक १५०  ( २,) सिङ्गल१९   ( ३,)१८ बर्ष मुनि५२ जम्मा २२१

51c :-  यस सस्थाको 51c स्विकृतीको लागि  आबश्यक कागजात तयार गरि पठाएकोमा IRS बाट स्विकृत भै आइसकेको छ । 51c कार्यको लागि आबश्यक महत्वपूर्ण डकुमेन्ट तयार गर्न समय दिनु भएकोमा सस्थाको तर्फबाट उपाध्यक्ष श्रीमती मनिषा श्रेष्ठ सस्थापक आजीवन सदस्य श्रीश्याम श्रेष्ठलाई हार्दीक धन्यबाद दिन चहान्छु। 

आर्थिक पारदर्सिक :-  सस्थाको सदस्यताको रकम कुनै पनि प्रयोजनमा खर्च नगरी सस्थाको अचल सम्पतिमा साधरणसभाको निर्णय अनुसार लगानी गर्ने सक्नेछ। सस्थाको कुनै खर्च समितिको निर्णय अनुसार मात्र बैक मार्फत भुत्तानी गर्ने गरेकाछौ । हिसाब किताबको जानकारी इमेल मार्फत ६।६महिनामा सम्पुर्ण सदस्यहरुलाई जानकारी गराईने गरिएको छ भने कार्य समितिको  बैठकमा हिसाब किताबको जानकारी गराउने गरिएकोछ । बन्द सत्रमा कोषाध्यक्ष बाट हिसाब किताबको बृस्तित बिबरण प्रस्तुत गर्नु हुनेछ ।

सस्थाको वेब साइड :-सस्थाको वेब साइड बनाउन महत्व पूर्ण योगदान गर्नु हुने वाङ्ग भोटीयालाई धन्यबाद दिन चहान्छु सस्थाको वेब साईड संचालनमा रहेको ब्यहोरा जानकारी गराउदछु । www. sankhuwasabhausa.org

समर पिक्नीक:-  कोलोराडो राज्यमा समर पिक्नीक जुन २४,२०१८ मा सम्पन्न भएको थियो । सो कार्यक्रममा बिभिन्न स्टेटबाट आउनु भएका पाहुनाहरु,कोलोराडो राज्यमा रहेका नेपाली संघ, सस्थाका अध्यक्षहरु र कोलोराडौमा रहेका सङखुवासभालीहरुको उपस्थिती रहेको थियो।


सङखुवासभा कम्युनिटी अफ युएस ए अमेरिकाको तेस्रो अधिबेसन तथा समर पिकनिकमा खानाको लागि आबश्यक सहयोग गर्नु हुने महानुभाबहरुलाइ सस्थाको तर्फ बाट हार्दिक धन्यबाद दिन चाहन्छु।

देउसी कार्यक्रम

आफनो कला सस्कृतीलाई जगाइ राख्न र सस्थाको लागि आर्थिक सहयोग जुटाउन कोलोराडोमा देउसी कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा सहभागि:- अमेरिकाको पचास राज्य मध्ये कोलोराडो राज्यमा  अन्य राज्य भन्दा सङखुवासभा जिल्लाबासीहरुको बसोबास धेरै रहेको हुदा सस्थाको हेडक्वाटरको रुपमा कोलोराडो राज्यलाई मानि आएकाछौ । यस राज्यमा हुने नेपाली सामाजिक संघ सस्थाहरुले आयोजना गर्ने कार्यक्रममा सस्थाको तर्फबाट सहभागिता जनाउदै आएकोछौ ।

आगामि बर्षको कार्यक्रमका

सस्थाको प्रतिबेदन प्रस्तुत गर्नु हुदै महासचिब हरिकुमार श्रेष्ठ

१, सस्थाको हिसाब किताबको लेखापरिक्षण गराउने

२, लङ्गमन्थ लायन्स कल्ब संग समन्वय गरेर सङखुवासभा जिल्लामा बल्ड बैक स्थापनाको लागि पहलगर्ने

३,सङखुवासभा जिल्ला मनकामना क्षेत्रमा धार्मिक तथा पर्यटन बिकासमा आर्थिक सहयोग जुटाउन फण्डराइजीङ्गको आयोजना गर्ने

४, आपतकालीन दैबिप्रकोप मानविय सेवाको लागि जगेडा  फण्डको ब्यबस्था गर्ने

५, अमेरिकामा रहेका सङखुवासभा जिल्लाबासीहरुको सस्थाको बारेमा अन्तरक्रिया भेला गराइ ब्यापकता गराउने

६, कोलोराडो राज्यमा बल्ड डोनेसन गर्ने

७, दोस्रो स्मारिका अरुण प्रकासन गर्ने समर पिक्नीक गर्ने