मुटुको बिरामीलाई आर्थिक सहयोग ।

संखुवासभाको मादी नगरपालिका वार्ड नम्बर–५ मादी रामबेनी हाल संखरपुर् नगरपालिका ९साखुका जिवप्रसाद दाहाललाई आर्थिक सहयोग गरेको हो । लामो समयदेखि मुटुको समस्या भएका दाहालको उपचार खर्च महङ्गो भएपछि संखुवासभा समाज अमेरिकाले आज एकलाख ३२ हजार ६ सय रुपैया स्वास्थ्यको कामना गर्दे आर्थिक सहयोग गरेको छ । बिरामी दाहालको मनमोहन कार्डोथेरोसीस भास्कुलर ट्रान्सप्लान सेन्टरमा उपचार भई रहेको छ ।

संखुवासभा समाज अमेरिकाकी अध्यक्ष समाजसेवी शान्ति श्रेष्ठले आज संखुवासभा काठमाडौ पत्रकार समाजको कार्यालयमा बिरामीका आफन्तलाई नगद हस्तान्तरण गर्नुभयो । संखुवासभा समाज अमेरिकाले यस अघि पनि आर्थिक समस्यामा परेका बिरामीलाई  शिक्षा, स्वास्थ्य र सञ्चार क्षेत्रमा  निरन्तर सहयोग गर्दे आएको छ । बिमारीलाई सहयोग गर्ने महान व्यक्तित्व मनकारी दाताहरु श्रीमती सुष्मा श्रेष्ठ (कोलोराडो ) श्री देवानन्द श्रेष्ठ (कोलोराडो ) श्री बिष्णु पौडेल “सितल “( भर्जिनिया ) श्रीमति शान्ति श्रेष्ठ (कोलोराडो ) श्री मनोज श्रेष्ठ ( क्यालिफोर्निया ) श्री हरि कुमार श्रेष्ठ (कोलोराडो )श्री कर्म तेञ्जिङ्ग भोटिया (कोलोराडो ) श्री मुकेस श्रेष्ठ (वासिंगटन ) ई. प्रमोद श्रेष्ठ (कोलोराडो ) सहयोग गर्नु भएको छ।

यसैगरी संखुवासभा समाज कतारका अध्यक्ष तथा समाजसेवी राजेन्द्र खनालले पनि बिरामीका आफन्तलाई तीनहजार रुपैया हस्तान्तरण गर्नुभयो । कतार समाजले पनि अप्ठ्यारोमा परेका र आर्थिक समस्यामा परेका बिरामीलाई सहयोग गर्दे आएको छ ।