नेतृत्व के हो ?अरुलाइ आफुसँग डो–याउने क्षमता वा योग्यतालाई नेतृत्व भनिन्छ । अनुयायीहरुको ब्यवहारमा परिवर्तन ल्याइ संगठनप्रति पूर्ण समर्पित हुन उत्प्रेरित गर्ने कलालाइ नेतृत्वको रुपमा बुझिन्छ ।साहूहिक उद्देश्य प्राप्तिका लागि व्यक्ति अथवा समूहका क्रियाकलापलाई प्रभावित पार्ने कार्यलाई नेतृत्व भनिन्छ । यो जुनसुकै परिस्थितिमा अरुहरुको प्रवृत्ति र बानी ब्यहोरालाई एउटा आकारमा ल्याउने प्रक्रिया पनि हो ।
लक्ष्य प्राप्त गर्ने तर्फ एउटा समूहलाइ प्रभाव पार्ने क्षमता । (स्टेफन रबिन्स)
सामूहिक उदेश्य प्राप्तिकोलागि भित्रैदेखि इच्छा जगाउनमा मानिसहरुलाइ प्रभावित गर्ने कार्य । (जि.आर टेरी) “अरुलाई प्रभावित गर्ने अर्थात अरुको व्यवहारमा प्रभाव पार्न सक्ने व्यक्तिगत गुण भएको प्रभावशाली व्यक्तित्व ” Oxford Advanced Learner’s Dictionary
नेतृत्व केका लागि ?- बिकाश गर्न । – संगठन गर्न ।- सहयोग जुटाउन ।- कार्य बिभाजन गर्न ।- कुरा बुझाउन, सम्झाउन ।- निर्देशन गर्न । – समस्याको समाधान गर्न- समन्वय गर्न ।
नेतृत्वका गुणहरु सही निर्णय । उदेश्यमा स्पष्टता । आत्माबिश्वास । परिपक्क व्यवहार । इमान्दारिता । सहयोगी भावना । अनुयायीहरुलाइ उत्साहित गर्ने क्षमता । समस्या समाधान गर्ने शिप । सामाजिक बिशेषता । भबिष्य द्रष्टा । मानवीय ब्यबहार बुझ्ने क्षमता । जोखिम लिने तत्परता । शक्तिको प्रयोग गर्ने क्षमता । लचकता । कुटनिति । जिज्ञासु । ब्यबस्थापकिय गुण । व्यक्तित्व । शरिरिक स्वस्थता सुन्ने शक्ति ।
नेतृत्वका बिशेषताहरु पूर्वाधारहरु अनुयायीहरु । समान उदेश्य । कार्य सम्बन्ध । उदाहरणीय आचरण । परिस्थितिमूलक ।
नेतृत्वका कार्यहरु लक्ष्य निर्धारण गर्ने । समूहकार्यलाइ प्रोत्साहन दिने । संस्थाका क्रियाकलापहरुको समन्वय गर्नु । संगठनात्मक प्रतिनिधित्व गर्नु । संगठनलाइ मार्गदर्शन दिने । शीघ्र तथा विवेकपूर्ण निर्णय । निर्देशन दिने र उत्प्रेरित गर्ने । उत्साहित लिने । उत्तरदायित्व लिनु ।
नेताको प्रकार : औपचारिक नेता सरकारी वा गैरसरकारी पदमा रहेका ब्यक्तिहरु औपचारिक नेता हुन् । जस्तै वडा अध्यक्ष, शिक्षक, अधिकृत, क्लवको अध्यक्ष अनौपचारिक नेताहरु हुन्।
अनौपचारिक नेता सरकारी वा गैरसरकारी पद नओगटेका ब्यक्तिहरु अनौपचारिक नेता हुन् । शिक्षा, अनुभव, ब्यक्तित्व, कार्यकुशलता र जनसम्पर्कबाट समाजसेवा गरिरहेका ब्यक्तिहरु । जस्तै मुखिया, साहुमहाजन, पुरोहित, लामा, झाक्री, भूपू सैनिक आदि लाइ अनौपचारिक नेताको रुपमा लिन सकिन्छ ।
नेतृत्व शैली : निरङकुश वा तानाशाही नेतृत्व शैली : अरुको तर्क, विचार सुन्दैन । आफैं निर्णय गर्छ । यसो गर, उसो गर मात्र भन्छ । एकोहोरो व्यवस्थापन वा प्रकृया माथि निर्भर गर्दछ । सूचना एवं पत्राचारहरु आफैले मात्र राख्दछ । आफु मात्र जान्ने र विश्वासिलो छु भन्ने गर्दछ । निर्णयहरु आफै गर्छ र उत्तरदायित्व पनि आफैले मात्र लिन्छ सदस्यहरुलाई सधै डर र त्रासमा राख्छ । अनुयायीहरुवाट आज्ञाकारिताको अपेक्षा गर्दछ । यस्तो किसिमको नेतृत्व शैलिमा कामलाई मात्र बढि महत्व दिइन्छ
नोकरशाही : नियमित कार्यमा अडिग रहन्छ । आफूभन्दा माथिको अगाडि नतमस्तक भइ चाकरी गर्छ । तलकालाई वेवास्ता गर्छ वा पेल्छ ।
प्रजातान्त्रिक नेतृत्व शैली : अनुयायी एवं समुदायका सबैलाई जागरुक बनाउछ । दोहोरो संचार कायम गर्छ अनुयायीहरु प्रति बिश्वास राख्छ । सबैको सम्मान गर्छ । काम प्रति जिम्मेवारी बनाई प्रतिबद्घ बनाउछ । आवस्यकता अनुसार लचिलो व्यवस्था अपनाउनका साथै आफुपनि लचिलो बनि अरुलाई पनि लचिलो बनाउछ । समुदाय, समिति वा आफ्ना अनुयायीहरुसंग बिचार र सुझावको आदान प्रदान गर्दछ । सबैको सृजनशिलतालाई प्राथमिकता दिन्छ । सबैको कुरा समानरुपले सुन्ने र निणर्य गर्दा सकेसम्म सबैको सहमति लिने प्रयाश गर्छ । निर्णय प्रकृयामा सवै टीम सदस्यहरुलाई महत्वपूर्ण भूमिका खेल्न उत्साहित गर्छ ।
स्वतन्त्र नेतृत्व शैली : निर्णयमा हस्तक्षेप गर्दैन । समयसिमा तोकिदिन्छ । काम गर्न सबै स्वतन्त्र हुन्छन् । यसले संस्थामा भाँडभैलो पनि ल्याउन सक्छ । अरुको कुरा धेरैसुन्ने तर निर्णय लिन वा दिन नसक्ने । अनुयायी वा टीमका सदस्यहरुमाथि पूर्ण बिश्वास गर्ने । अनुयायीहरुले काम आफै सम्पन्न गर्दछन भनि सोच्ने । अनुयायी वा समुदायलाई नियन्त्रण गर्न नसक्ने । राय सल्लाहको अनुरोध गर्ने तर दिएको रायसल्लाह अनुसार काम नगर्ने , सूचनाको केन्द्रमात्र बन्ने । पछिको कुरा नसोच्ने तत्काल जे आइलाग्छ त्यहि गर्दै जाने । जिम्मेवारीहरु बहन गर्न हिचकिचाउन । जसले जे भन्यो उसैको कुरा सुन्ने । यदि टीमका सदस्यहरु सीपयुक्त, अनुभवी, लचकदार र वौद्धिक छन भने यो नेतृत्व शैली उपयुक्त हुन सक्छ ।
नेतृत्वका अवरोधहरु अनुयायीसँग नजिक नहुनु । आवेगात्मक अस्थिरता दुरदर्शिताको कमि । मानवीय समझदारीको अभाव । बिचार बिमर्श गर्न नसक्ने । दोषपूर्ण उत्प्रेणा । सहयोगको कमि । प्रतिकुल परिस्थिति ।
अवरोध सुधार गर्ने उपायहरु: कमजोरीलाइ चिन्ने र स्वीकार गर्ने । जुनकार्यमा भय छ, सो कार्य गर्न अवसर खोज्ने । कमजोरीलाइ हटाउन सम्बन्धित पुस्तक र पत्रपत्रिका अध्ययन गर्ने । उत्प्रेरणत्मक कुराहरु बिदुवानका भाषण र क्यासेट सुन्ने । साथीले उसको कमजोरीमा कसरी सफलता पायो बुझ्ने । एक पटकमा एउटा कमजोरी हटाउने । आफुलाइ उत्प्रेरित गर्न आफ्नो शक्ति उपयोगमा ल्याउने । आफुसँग कमजोरी छैनन् भनी सोचेर ब्यबहार गर्ने । आफना समस्याहरु अरु सँग बाड्ने । कहिलेपनि हार नमान्ने । आफना कमजोरीलाइ उन्मूलन गर्न प्रयासरत रहने । अरुसँग सहयोग लिने ।
नेतृत्व क्षमता अभिबृद्धिको मन्त्र :(+) जोड्नुपर्छ = बिचारहरु (—) घटाउँनुपर्छ = बिभेद, बिमति र बिरोधहरु (÷) भाग लगाउँनुपर्छ = जिम्मेवारीहरु ×(×) बढाउँनुपर्छ = एकता
नेतृत्वले सदस्यका वारेमा थाहा पाउनुपर्ने कुरा: समूहको प्रत्येक सदस्यको नाम । घरको ठेगाना । परिवारिक स्थिति । श्रीमती, श्रीमान्, बुबा, आमाको नाम । जन्मदिन । ब्यक्तिका सोखहरु । पेशा, काम गर्ने स्थान । ब्यक्तिलाइ मनपर्ने, नपर्ने चिजहरु । सबल र कमजोर पक्ष । हितैषी साथी । समूहप्रति ब्यक्तिको धारणा । समूहमा प्रबेश गर्नुको कारण । समूहबाट के लिन चाहान्छ । प्रमूख क्षमता र सीपहरु ।
नेतृत्वले गर्न नहुने कुरा : अरुको निक्कै आलोचना गर्ने । बेठाँउमा आफनो मान देखाउने वा खोज्ने । आलोचना सहन नसक्ने । बिश्वासीलो ब्यक्तिबाट खतरा महसुस गर्ने । अमान्य र असामान्य बक्तब्य निकाल्ने । समूहको सदस्यहरुलाइ हतोत्साहित गर्ने ।
नेतृत्वको सिप बिकास गर्ने माध्यमहरु: पूर्ण तयारीका साथ कार्य शुरु गर्ने । सधै खुल्ला मस्तिष्क बनाउने । बोल्ने कुराको अभ्यास गर्ने । ज्यादै अनुसासित बन्ने । इमान्दारिता प्रदर्शन गर्नै । निश्चिित समयमा निश्चिित काम पूरा गर्ने । आफनो समूहको सम्र्पकमा रहने । सुनेका कुरा सम्झने प्रयास गर्ने । वरपरको वातावरणलाइ सहयोग गर्नै । सधै आफुलाइ अरुको अगाडि पारि राख्ने ।
नेतृत्व असफलताका कारणहरु ब्यबस्थापकिय क्षमताको अभाव । त्यागी भावनाको अभाव । कल्पनाशीलताको अभाव । निष्ठाको अभाव । ओहोदाको लुलुप्त । ज्ञान बाड्ने शैली । अनुयायी सँग डराउने । स्वार्थ । असंयम विनम्रताको अभाव असल चरित्रको अभाव
शिक्षक
मछिन्द्र मा. वि.
केराबारी , मोरंग