खाँदबारी युथ क्लब ध्दारा अध्यक्ष शान्ति श्रेष्ठलाई स्वागत

                                                                                             
खाँदबारी युथ क्लबले एक कार्यक्रम गर्दै संखुवासभा समाज अमेरिकाकी अध्यक्ष श्री शान्ती श्रेष्ठ सस्थापक आजीवन सदस्य घनेन्द्र श्रेष्ठ ज्युलाई स्वागत तथा मायाको चिनो प्रदान गरिएको छ ।
खाँदबारी युथ क्लब खाँदबारीका का.ब. अध्यक्ष श्री मुनुहाङ गुरुङ ज्युको सभापतित्वमा संचालित कार्यक्रममा संखुवासभा समाज अमेरिकाको संयोजक श्री किरण शाक्य, क्लबका संस्थापक सल्लाहकार श्री दिपन कुमार श्रेस्ठ, खाँदबारी युथ क्लबका पुर्व अध्यक्ष तथा खाँदबारी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष निरन्जन श्रेष्ठ, सल्लाहकार तथा नेवा देय दवु नगर अध्यक्ष पुस्प बहादुर श्रेष्ठ, सल्लाहकार कृष्णराज शाक्य, सल्लाहकार रमोद श्रेष्ठ, सल्लाहाकार लोक दर्शन शाक्य, क्लबका पुर्व अध्यक्ष अनुपयुश शाक्य, पुर्व कोषाध्यक्ष मिलन श्रेष्ठ, पुर्व सदस्य लेलिन श्रेष्ठ लगायत क्लबका पदाधिकारी तथा खेलाडीहरुको उपस्थिती रहेको थियो ।
नेपाल भ्रमणमा रहनु भएको सङ्खुवासभा समाज अमेरिकाको अध्यक्ष श्रीमति शान्ति श्रेष्ठलाई खाँदबारी युबा कल्व ,खाँदबारीले न्यानो स्वागत गरि सस्था प्रति गर्नु भएको मान सम्मानको लागि संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिका खाँदबारी युबा कल्व प्रति आभार व्यक्त गर्दछ।
फोटो सौजन्य:- सुरेन शाक्य