कोलोराडोमा मिस नेपाल वर्ल्ड २०१९ की अनुष्का श्रेष्ठको परियोजनामा सहयोग

हरिकुमार श्रेष्ठ, कोलोराडो

  मिस नेपाल वर्ल्ड २०१९ की अनुष्का श्रेष्ठको दुइ हप्ताको लागि नेपाली समुदायहरुले आयोजना गर्ने कार्यक्रममा अमेरिका  आउदा वासिंगटन राज्यको सियाटल शहर , क्यालिफोर्निया राज्यको सान्त रोसा , सन्फान्सिस्को शहरको भेटघाट कार्यक्रम पछि कोलोराडो राज्यको नेपाली संघ ,सस्थाहरुले आयोजना हुने कार्यक्रममा सहभागी हुन् डेनभर शहरमा आउनु भएको थियो । मिस नेपाललाइ डेन्भर इन्टरनेसनल एयरपोटमा संखुवासभा कम्युनिटी अफ यु एस ए को तर्फ बाट अध्यक्ष शान्ति श्रेष्ठ , महासचिब हरिकुमार श्रेष्ठ र सेयर मिसन इन्टरनेसनल अमेरिकाको अध्यक्ष श्याम श्रेष्ठले स्वागत गर्नु भएको थियो ।


मिस नेपाल वर्ल्ड २०१९ की अनुष्का श्रेष्ठको डेन्भरको भेटघाट कार्यक्रमको प्रमुख अथिति हेल्पिङ्ग हेण्डर हेल्थ एजुकेसन यु एस ए का अध्यक्ष तथा समाज सेवी नारायण श्रेष्ठको उपस्थितिमा  कार्यक्रमको बारेमा साहित्यकार तथा गीतकार ज्ञानेन्द्र गदालले सम्बोधन गर्नु भएको थियो ।


अनुष्का श्रेष्ठले आफनो परियोजना बारेमा जानकारी दिदै अनुष्का किन अमेरिकाको वेस्ट कोष ,इस्ट कोष १४ दिन किन घुमिराखेको छ ? भन्ने प्रस्न उठी रहेको हुन् सक्छ | जब म १८ बर्षमा नेपालमा हाइस्कुल सकी अन्डर ग्याजुयासन अध्ययनको लागि अस्ट्रेलियाको सिड्नी गए अध्ययन सकिए पछि मेरो लाइन कमर्स हो बैकिङ्गमा काम गरि राखेको मान्छे कसरि ब्युटी फेसनमा लागे , कम्युनिटीमा लाग्न मिस नेपाल एउटा मंच हो जस्त्यो मलाई लग्यो । मिस नेपालमा हामी २० जना प्रतिष्पर्धामा मैले मिस वर्ल्ड २०१९ मा जाने मौका मिल्यो । नेपालको प्रतिनिधिको रुपमा भाग लिने औसर पाएको छु ।


वल्डमा एक सय तिस राष्ट्रका मिस वर्ल्ड प्रतिनिधिहरुले आफ्नो देशमा गरेका परियोजनाहरुको मुल्यांकन हुनेछ । म सिड्नीमा रहदा मिस नेपाल सियानियामा विजय हासिल गरेको सानो धन रासीबाट नेपालमा केहि गरु भन्ने भावनाले मिस नेपाल हुनु भदा अगाडी म सिन्धुपलाञ्चोक जिल्लाको सोलसिङ गाउ पुगेको थिए । सोलसिङ गाउ पुग्न काठमाण्डौबाट ७०-७५ माइल गाडीमा सात घण्टा लाग्छ । छ  सय जनसंख्या र एक सय चालिस घरधुरी भएको यो गाउमा  कक्षा एक देखि कक्षा सात सम्म पढाई हुने निम्न माध्यमिक बिघ्यालय छ | एक सय बिस  जना बिघ्यार्थी  दुई शिक्षक छ ।एक सय बिस  जना बिघ्यार्थीको लागि दुई शिक्षकको पढाईमा शिक्षाको गुणस्तर कस्त्यो हुन्छ ? यो गाउ पहिले चेलीबेटी बेच बिखन प्रख्यात ,बिजुली बत्ति नपुगेको गाउ, भुकम्प बाट ८० प्रतिसत ग्रस्त गाउ हो ।


यस गाउका मान्छे आय आर्जनका लागि काठमाण्डौ र इण्डिया ठेक्का पट्टाको लागि जाने गर्दछन ।बच्चाहरु स्कुल नगएर घरमा आमाहरुलाइ काम सधाउछन  | कक्षा सात  पास भए पछि कक्षा आठ अध्ययन गर्न तिन घण्टा हिडेर जानु पर्छ । यस गाउका एक सय चालिस घर धुरीका  आमाहरुको लागि आय आर्जन र बच्चाहरुको लागि शिक्षा  परियोजनाको लागि  शिक्षा र आय आर्जनको दिगो बिकासमा तिन बर्षको लागि सहयोग गर्ने


१ , शिक्षक दुई जना नेपाल सरकारको तलब स्केल अनुसार भुक्तानी दिने गरि हाल दुई जना शिक्षक नियुक्ति गरि सकेको

 २ ,कक्षा सातबाट  आठ कक्षामा जाने बिघ्यार्थीहरुका पढाई , खाना बस्नको लागि महिनाको पाच हजार दिने तर उनीहरु स्कूलले उपलब्ध गराएको कोठामा बस्नु पर्ने


३) घरमा बस्ने आमाहरुकोलागि आय आर्जनको लागि गरि खाने बाटो देखाई दिन कार्पेट बुनाइ , इट्टा बनाउने ,टायल कटिंग,अगर बत्ति धुप बनाउने , र आफैले कमाएको पैसाले बच्चाहरुको शिक्षामा सहयोग गर्नु सकुन । तालिम दिने ,उत्पादन समान खरिद,बिक्रि र ऋणको लागि सहकारी संग समन्वय गर्ने ब्यबस्था समेत मिलाई सकेको छ ।

कार्यक्रममा विभिन्न प्रस्नहरु पनि सोधिएको थियो ।
उपस्थित सहभागी संघ सस्थाको प्रतिनिधि वल्ड नेवा इन्टरनेसनल  अर्गनाइजेसनको  उपाध्यक्ष भुवन कुमार श्रेष्ठ ,नेपाली जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय उपाध्यक्ष धर्म राज श्रेष्ठ

, बल्ड डोनर अमेरिकाको क्षेत्रीय कोडिनेटर भुषण लाल श्रेष्ठ , रकी माउन्टेण्ड फेण्डस अफ नेपाल कोलोराडोको अध्यक्ष बिनोद त्रिपाटी, त मु धी कोलोराडोको अध्यक्ष चन्द्र बहादुर गुरुङ ,सेयर मिसन इन्टरनेसनल अमेरिकाको अध्यक्ष श्याम श्रेष्ठ, नेवा खल कोलोराडोका मनोज काजि तुलाधर , संखुवासभा कम्युनिटी अफ यु एस ए को अध्यक्ष शान्ति श्रेष्ठ,

समाज सेवी, उद्योगी पेम्बा शेर्पा ,ब्यापारी ,समाज सेवी बाबु काजि श्रेष्ठ ,संखुवासभा कम्युनिटी अफ यु एस ए को इभेन्ट अफिसर सरद श्रेष्ठ



 रकी माउन्टेण्ड फेण्डस अफ नेपाल कोलोराडोको उपाध्यक्ष मणि राज बस्नेत,  संखुवासभा कम्युनिटी अफ यु एस ए को महासचिब हरिकुमार श्रेष्ठ , समाज सेवी मदन कृष्ण श्रेष्ठ, समाज सेवी राम गोपाल श्रेष्ठ र मिस केटि हिलम्यान  ब्यापारी ,समाजसेवी महिलाहरुकोले आफ्नो परिचय सहित मिस नेपाल वर्ल्ड २०१९ की अनुष्का श्रेष्ठको परियोजनमा सहयोग गर्ने बचन सहित मिस वर्ल्ड २०२० को सफलताको शुभकामना व्यक्त गरिएको थियो ।
मिस नेपाल वर्ल्ड २०१९ की अनुष्का श्रेष्ठको परियोजनाको लागि कोलोराडो बासि मनकारी दाताहरुले सहयोग गर्नु भएको संकलित रकम एक हजार आठ सय डलर


कार्यक्रमको प्रमुख अथिति नारायण श्रेष्ठले अनुष्का श्रेष्ठलाइ सोहि कार्यक्रममा हस्तान्तरण गर्नु भै सो परियोजनामा संलग्न समुदायहरुको लागि हेल्पिङ्ग हेण्डर हेल्थ एजुकेसन यु एस ए बाट बर्षको एक वा दुइ पटक नि:शुल्क स्वास्थ्य शिबिर संचालन गर्ने समेत बचन दिनु भयो ।


कार्यकम संचालन समाज सेवी ,कलाकार कृष्ण मुरारी ढुंगेल गर्नु भएको थियो ।