अमेरिकाको पहिलो नेपाल डे परेड कोलोराडो , बोल्डर शहर


हरि कुमार श्रेष्ठ
अरोरा (कोलोराडो )


                                   हेल्पिङ्ग हेण्डस हेल्थ एजुकेस यु एस ए को सस्थापक अध्यक्ष श्री नारायण श्रेष्ठको सकृय पहलमा सन् २००४ देखि कोलोराडोको बोल्डर सिटिले अप्रिल महिनाको तेस्रो आइतबारलाई नेपाल डे को लागि अफिसियल मान्यता दिदै आएको छ । नेपाली नयाँ बर्षको अवसर समेत पर्ने उक्त दिनमा कोलोराडो राज्यका सबै नेपाली र नेपाललाई माया गर्ने अमेरिकीहरु जम्मा भै नेपालको परम्परागत भेषभुषा र संस्कृति झल्काउने पहिरन र नृत्य संगीत सहित बोल्डर सहर परिक्रमा गर्दै नेपालको चिनारिदिने परम्परा रहदै आएको छ ।
                                            हेल्पिङ्ग हेन्डस हेल्थ एजुकेस यु एस ए ले सुरु गरेको र रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपाल कोलोराडोले निरन्तरता दिदै आएको यो कार्यक्रम कोलोराडोका सबै नेपाली सामाजिक संघ , संस्थाहरु संगको साझेदारी गर्दै सबैको समान हैसियत र संलग्नतामा साझा कार्यक्रमको रुपमा मनाउन संस्थाहरुको ब्यानर सहित सहभागीको लागि रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालको आधिकारिक जानकारी अनुसार कोलोराडो राज्यको बोल्डर शहरमा मिति :१४ अप्रिल २०१९ (बैशाख १, २०७६) परेड सुरुहुने -१२ :३० बजे स्थान: Bandshell 1212 Canyon Blvd ,Boulder,Co,80302 सबै नेपालीहरु भेला भै नेपालको कला ,सस्कृति पहिचानले सजिएको परेड सुरु हुदा शहरको सडकका छेउ छाउमा उभिएर रमित हेर्ने विदेशीहरुका लागि आकर्षण र नेपालीहरुको एकताको संदेश जाने छ ।
                                 अमेरिकामा पहिलो नेपाल डे परेट कोलोराडोको बोल्डर शहरमा आयोजना हुने कार्यक्रममा , अमेरिकामा संखुवासभा समाजको उदय भए पछि संखुवासभा जिल्लाको नेवारी समुदायको लाखे नेपाल परेड डे को एउटा आकर्षण बढेको छ । यस्तै कोलोराडो नेवारी खल ले भक्तपुरमा बजाइने धिमे बाजा नेवारी समुदायको पुरानो धिमे  बाजाले पनि परेडको लागि रमाइलो बाताबरण बनाएको छ । नेपाल डे परेटमा नेपालीहरुको भेटघाट परिचय हुने अवसर पनि हो । कोलोराडोको बोल्डर शहरमा हुने नेपाल डे परेटमा अमेरिका स्थित नेपाली दुताबासको पनि सहभागिता रहदै आएको छ । यस महान कार्यमा नेपालीहरुले आफ्नो व्यस्थता कार्यलाई पनि वास्था नगरी आफ्नो बाल बच्चा र परिवार सहित नेपाली भेष भुषामा आफ्नो सहभागिता जनाउदै आएका छन । आफ्नो व्यक्तिगत सहभागिताले नेपाल र नेपालीको प्रतिष्ठा बढाएको छ । नेपाल डे परेडमा  सहभागिता गरौ नेपालको पहिचान दिऔ |                                                                                            कोलोराडो राज्यको बोल्डर शहरमा आयोजित नेपाल डे परेटका गत बर्षहरुका केहि फोटोहरु