अक्करको भिरमा दुर्घटना प्रति गहिरो दु:ख ब्यक्त


संखुवासभा जिल्लाको धर्मदेवी नगरपालीका ८ मा पर्ने अक्करको भिरमा २०७६ साल भाद्र ३१ गते मंगलबार खाँदबारीबाट बिरामी बोकेर धरान तर्फ जाँदै गरेको को १ ज ३७४९ को बलेरो जिप राती करिव सवा दश बजेतिर अरुण नदीमा खस्दा दुर्घटना हुनेहरुमा चालक खाँदबारी नगरपालिका–९ सन्तोष विश्वकर्मा, खाँदबारी ९ का २२ बर्षिय प्रमेश थापा मगर, उनको भिनाजु खोटाङका २७ बर्षिय खबरमान पिठाकोटे, खाँदबारी ९ कै २४ बर्षिय संगम श्रेष्ठ, उनकी श्रीमती २२ बर्षीय सदिक्षा राई श्रेष्ठ र उनीहरुका २ महिनाका बच्चा समिर श्रेष्ठ बेपत्ता भएको खबरले हामी जिल्लाबासी सोकाकुल भएको छौ ।
यस अकल्पनीय दुर्घटना प्रति गहिरो दु:ख ब्यक्त गर्दै दुर्घटनमा परेका परिवारजनहरुमा धैर्यधारण गर्ने शक्ति प्राप्त होश भनि कामना गर्दछु ।
फोटो सौजन्य :- फेसबुक नमस्ते सङ्खुवासभा

शान्ति श्रेष्ठ 
अध्यक्ष
संखुवासभा कम्युनिटी अफ यु एस ए